दफा २५
लेखाको सिद्धान्त, आधार र लेखाको ढाँचा
: (१) विनियोजन, राजस्व, धरौटी तथा अन्य सरकारी कारोबारको लेखा दोहोरो लेखा प्रणालीको सिद्धान्त बमोजिम तोकिएको आधारमा राखिनेछ ।
(२) कारोबारको लेखाङ्कनका अन्य आधारहरू तोकिए बमोजिम हुनेछ।
(३) लेखाङ्कन गर्ने तथा प्रतिवेदन गर्ने प्रक्रिया लेखाका मान्य सिद्धान्त, यस क्षेत्रमा विकसित भएका नवीनतम अवधारणा र तोकिएको सार्वजनिक क्षेत्र लेखामानको मार्गदर्शन बमोजिम महालेखा नियन्त्रक कार्यालयले निर्धारण गरे बमोजिम हुनेछं।
(४) उपदफा (१) र (३) बमोजिमको लेखा राखे प्रयोजनका लागि महालेखा नियन्त्रक कार्यालयले लेखाको ढाँचा र आर्थिक सङ्केत तथा वर्गीकरण तर्जुमा गरी महालेखा परीक्षकबाट स्वीकृत गराई लागू गर्नु पर्नेछ।
(५) उपदफा (४) बमोजिम स्वीकृत भएको लेखाको ढाँचा र आर्थिक सङ्केत तथा वर्गीकरण नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालय, प्रदेश, स्थानीय तह र बजेट प्रणाली बाहिर (एक्स्ट्रा बजेटरी) को सार्वजनिक निकायले महालेखा नियन्त्रक कार्यालयले निर्धारण गरे बमोजिम लेखा राख्नु पर्नेछ।